आँखुखोला जलबिद्युतको आईपीओ साउन १७ देखि खुल्दै



काठमाडौं । धादिङ जिल्लाको आयोजना प्रभावितका लागि आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री(आइपीओ) खुल्ला गरेको छ । सेयर बिक्री साउन १७ गतेदेखि ३१ गतेसम्म खुल्ला रहनेछ । यस्तै, ढिलोमा भने भदौं १५ सम्म खुल्नेछ ।

८ लाख कित्ता साधारण सेयरको लागि बिक्री खुलाइएको हो । बिक्री प्रति कित्ता सयका दरले खुल्ला गरिएको छ । कम्पनीले ८० करोड पूँजीको १० प्रतिशत सेयर स्थानीय वासिन्दालाई बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ता, कम्पनी तथा संघ संस्थाले न्यूनतम ५० कित्ता र अधिकतम ४ हजार कित्तासम्म सेयर खरिदका लागि दरखास्त दिन पाउने निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट आइपीओ भर्न सक्नेछन् । यसैगरी, आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु