प्रभु इन्स्योरेन्सको हकप्रद शेयर बिक्रीको आज अन्तिम दिन



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री आजबाट बन्द हुने भएको छ ।

बैंकले गत जेठ १३ गतेसम्म कायम साविक सेयर धनीहरुका लागि १ बराबर ०.४६ को अनुपातमा साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । निष्काशन प्रति सेयर १ सयका दरले ३१ लाख ६६ हजार ६ सय ७७ दशमलव ६३ कित्ता हकप्रद सेयरका लागी खुलेको हो ।

उक्त सेयर खरिद गर्न सेयर धनीहरुले आज बैंकिङ समय भित्र दरखास्त बुझाउनु पर्नेछ । सो प्रयोजनकालागि दरखास्त लिन तथा रकम जम्मा गर्न र दरखास्त बुझाउन प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी रहेका बैंक तथा वित्तीय संस्थामा समेत सम्पर्क गर्न सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु