अन्योलमा मलेसियाको रोजगारी



काठमाडौं । अवैधानिक रुपमा खडा भएका विभिन्न नामको संस्थाको ठगी नियन्ण गर्न भन्दै बन्द गरिएको मलमलेसियाको रोजगारी अन्योलमा परेको छ ।

गत जेठ २ गते कामदारमाथि आर्थिक भार थप्ने पाँच संस्थाको खोरेजीसँग मलेसियाको रोजागरीमा जान युवालाई रोक लगाइएको थियो । तर, दुई महिनामा बितिसक्दा पनि सरकारले कुटनीतिक पलहमा मलेसियाको समस्या समाधन गर्न सकेको छैन ।

मलेसियाको अन्तरमन्त्रालयको छलफल हुन नसक्दा नेपाली कामदार बारे निर्णय लिन केहि समय लाग्ने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अधिकारीहरुले केही दिन अगाडि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलसँगको भेटमा उच्च तहमा छलफल हुन बाँकी नै जनाएका थिए ।

फ्नो मन्त्रालयमा यस विषयमा छलफल भएपनि अध्यागमनको निर्णय गृहले गर्ने भएकाले गृहसँग र उच्च राजनीतिक तहमा छलफल गर्न बाँकी नै रहेको डिपुटि अन्डर सेक्रेटरी बासाह बिन बाचिकको भनाइ छ ।

तर, नेपाली कामदार ठगिएको विषयमा भने मलेसियाको सकरारले सकारात्मक रुपमा छलफल सुरु गरेको उनको भनाइ छ ।

दुई पक्षीय छलफलमा मलेसियाले नेपाली कामदार नरोक्न आग्रह गरेपनि नेपाली प्रतिनिधिले अहिलेकै अवस्थामा पठाउन नसकिने र जतिसक्दो छिटो सहजिकरण गरिदिन आग्रह गरेका छन् ।

दुवै पक्ष नेपाली कामदार रोकिँदा राम्रो सन्देश नगएको विषयमा भने एकमत छन्। ।तर नेपाल अहिलेकै अवस्थामा कामदार पठाउन नसक्ने र मलेसियाले पनि तत्कालै अर्को निर्णय नगर्दा कामदार पठाउने बाटो बन्द भएको हो ।

मलेसियाले आन्तरिक छलफल र उच्च तहबाटै निर्णय लिनु पर्ने भएकाले समय लाग्ने बताएको छ भने नेपाल पहिलेको प्रक्रियाबाट कामदार पठाउन सहमत छैन तर, नेपाली कादारको पहिलो रोजाइमा मलेसिय पर्छ ।

गत आवमा मात्रै एक लाख भन्दा बढी युवा रोजगारीको खोजीमा मलेसिया पुगेका छन् । मलेसिया जान तत्कालका लागि बन्द भएपनि सरकारले जेठ दुई गत अगाडि नै भिसा आएका लागिथ भने अन्तिम श्रम स्वीकृति लिन सहमति दिएको छ ।

नेपालले भने तत्कालका लागि भिसा शुल्क मात्रै लिएर दूतावास मार्फत नै प्रक्रिया मिलाइदिन आग्रह गरेका थिए । नयाँ सम्झौताका विषयमा सामान्य छलफल भएको र दुवै पक्षले थप छलफल गरेर टुंग्याउने कुरा भएको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

यसअघि दूतावासमै पुगेर सामान्य छलफल गरेका मानव संसाधन मन्त्री कुला सेगरनले मंगलबार विशेष निर्णय गर्ने संकेत गरेपनि आन्तरिक तयारी नपुगेपछि छलफल आश्वसनमै सिमित भयो। मन्त्रीको सन्देश लिएर आएका मन्त्रालयका अधिकारीले केहिदिनमै गृहमन्त्रालय सहित छलफल गर्ने र त्यसपछि निर्णय हुने बताएका थिए।

गृहमन्त्री विरामी विदामा भएकाले तत्कालै महत्वपूर्ण निर्णय लिन नसकिएको मलेसियाका अधिकारीहरुले बताए। राजनीतिक तहमा नै छलफल गर्नु पर्ने विषय उठेकाले यसलाई मलेसियाले गम्भिरताका साथ लिएको उनीहरुको भनाई थियो ।

नेपाल उठाएको भिसा शुल्क रविभिन्न संस्थाका नाममा उठाइरहेको अतिरिक्त शुल्कको विषयमा निर्णय गर्न सकिने उनीहरुको तर्क थियो।नेपाली प्रतिनिधिले भने जतिसक्दो छिटो नेपाली कामदारलाई मलेसिया आउने वातावरण बनाइदिन आग्रह गरेको थियो ।

मलेसियाले बंगलादेशी कामदार रोकेकै समयमा नेपाली कामदार समेत पठाउन बन्द गरिएको विषयले राम्रो सन्देश नगएको मलेसियाका अधिकारीले बताए ।
नेपाली कामदारको विषयमा छिटो निर्णय गर्न त्यहाँका सत्तासिन दलका सांसद र रोजगारदाताले समेत दवाव दिन थालेका छन् ।
गत मंगलबार मलेसियाको दुतावासले जारी गरेको सूचानको सम्पादित अशं ।


पुष्प दुलाल