५ अंकले घट्यो नेप्से, १६ करोडको कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक फेरि घटेको छ । सोमबार र मंगलबार उकालो लागेको नेप्से बुधबार पुनः ओरालो लाग्यो ।

आज नेप्से परिसूचक ४.९२ अंकले घटेको हो । ०.४१ प्रशितले घट्दा नेप्से परिसूचक ११९४ दशमलव ३५ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १६८ कम्पनीले कारोबार गरेका छन् । ६ लाख २९ हजार ७ सय १७ कित्ता सेयर किनबेच हुदा १६ करोड ६१ लाख ६७ हजार ४ सय ३० रुपैंयाको कारोबार भएको छ ।

नेप्सेमा २ सूचक मात्र हरियो देखिएका छन् भने अन्य रातै छन् । जलविद्युत ३.८८ र उत्पादनमूलक समूह २.९३ अंकले बढेका छन् ।

बैंक ४.२७, होटल २०.८५, विकास बैंक ४.२८, वित्तीय ४.३७, निर्जीवन बीमा ८०.२२, अन्य ०.०७, माईक्रोफाईनान्स ६.७७, जीवन बीमा २८.०७ अंकले घटेका छन् ।
सर्पोट माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

यस्तै, एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले ५.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु