नेप्से परिसूचक ४.७७ अंकले बढ्यो, २९ करोडको कारोबार



काठमाडौं । साताको दोश्रो दिनबाट उकालो लागेको नेप्से परिसूचक आज तेश्रो दिनपनि झिनो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.७७ अंकले बढेको छ । परिसूचक ०.४० प्रतिशतले बढ्दा ११९९.२७ विन्दुमा पुगेको हो ।

आज १ सय ६० कम्पनीका ११ लाख ८९ हजार ६ सय ८९ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह ५.२५, ट्रेडिङ समूह ०.४२, होटल समूह ४९.४२, विकास बैंक समूह २.८५, जलविद्युत समूह ३.२४, वित्त समूह २.५९, निर्जीवन बीमा समूह १९.८९, जीवन बिमा समूह २०.६१ र अन्य समूह २.२६ अंकले बढेका हुन् ।

यस्तै, उत्पादन मूलक समूह १९.७४ र लघुवित्त समूह ०.७ अंकले घटेका छन् ।
नबिल बैंकले आज सबैभन्दा धेरै कारोबार गरेको छ । बैंकले आज १ करोड ८२ लाख रुपैयाँको टर्नओभर गरेको हो ।

यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाई गरेको छन् । बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु