सिटिजन्स बैंकको एफपीओ साउन १५ देखि खुल्ने
काठमाडौं । सिटिजन्स बैंकले साधारण सेयरको थप सार्वजनिक निष्कासन
तथा बिक्री खोल्ने भएको छ । बैंकले साधारण सेयर मूल्य १ सयमा प्रिमियम बापत १ सय थप गरी प्रति सेयर मूल्य २ सय बनाएको छ ।
सो मूल्य अंकित दरका ४ लाख ६३ हजार ८ सय २६ कित्ता साधारण सेयरको थप सार्वजनिक निष्कासन जारी भएको हो । दरखास्त दिन पाउने न्यूनतम सेयर कित्ता ५० रहेको छ भने अधिकतम सेयर २,३०० कित्ता रहेको छ ।
बिक्री साउन १५ गतेदेखि १८ गतेसम्म खुल्नेछ । यस्तै, ढिलोमा बिक्री भदौ १५ गते बैंकिङसम्म जारी रहने छ । बैंकको संस्थापक सेयर धारण गरेका सेयर धनीहरु, संचालक वा प्रबन्ध संचालकले यस विवरण पत्र मार्फत निष्काशन गरिने थप सार्वजनिक निष्काशन(एफपीओ) मा आवेदन दिन नपाउने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।