लालबाबुले बढाएको कर्मचारीको पेन्सन युवराजले घटाइदिए




काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको पेन्सन अर्थमन्त्रालयले कटौति गरिदिएको छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अवकास प्राप्त निजामति कर्मचारीलाई वहालवाला कर्मचारीको तलब बृद्धिको तुलनामा पाउने पेन्सन अर्थमन्त्री डा. युवराज खतिवडाले घटाइ दिएका हुन् ।

सामान्यले ‘संघीय निजामति सेवा ऐन २०७५’ मा बहालवाला कर्मचारीको तलब बढ्दा सोही पदबाट अवकाश पाएको कर्मचारीको तीन चौथाईले पेन्सन बढ्ने प्रश्ताव गरेको छ । यो भनेको बहालवाला कर्मचारीको जति तलब बढ्छ त्यसको ७५ प्रतिशत पेन्सनवालाको पेन्सन बढ्छ भन्ने हो ।

तर, अर्थमन्त्रालयले यसमा कटौति गरेको छ । अर्थमन्त्री डा. खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै वहालवाला कर्मचारीको जति तलब बृद्धि हुन्छ त्यसको दुई तिहाई रकम सोही पदबाट अवकाश पाउने पेन्सनवालाको बढ्ने ब्यवस्था गर्न भनेका छन् । यो भनेका वहालवाला कर्मचारीको जति तलब बढ्छ त्यसको ६६ प्रतिशत मात्रै पेन्सन बढ्छ भन्ने हो ।

अहिले भने वहालवाला कर्मचारीको तलब जति बढ्छ पेन्सनवालाको पेन्सन रकम त्यसको दुई तिहाई अर्थात ६६ प्रतिशत नै बढ्ने कानुनी ब्यवस्था छ । अर्थमन्त्रालयले अहिलेकै ब्यवस्थालाई निरन्तरता दिन खोजेको हो ।

सामान्य प्रशासन मन्त्रालयले भने अहिलेको ब्यवस्थाभन्दा करिब ७ प्रतिशत बढीले पेन्सनवालाको पेन्सन बढ्ने ब्यवस्था प्रश्ताव गरेको छ । सामान्यको प्रश्ताव अनुसार पेन्सन बृद्धिको योजना राख्दा राज्यलाई थप ब्ययभार पर्ने तर्क अर्थमन्त्रालयको छ । तर, निजामति कर्मचारीको अवकाश पछिको जीवन सहज र सरल बनाउन यस्तो ब्यवस्था गरिएको सामान्य प्रशासन मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु