लामो समयपछि नेप्से परिसूचकमा हरियाली, १२.८४ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा हरियाली छाएको छ । नेप्से परिसूचक १२.८४ अंकले बढेको हो । १.०९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९४ दशमलव ५० बिन्दुमा पुगेको हो ।
सेयर बजारमा आज १५७ कम्पनीले कारोबार गरे । ६ लाख ५८ हजार २ ९२ कित्ता सेयर खरिद बिक्री हँुदा १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैंयाको कारोबार भएको छ ।
बैंक ८.०६, विकास बैंक १५.८८, जलविद्युत १९.०१, वित्तीय १.८, निर्जीवन बीमा १३३.५१, उत्पादनमूलक १०.९१, अन्य ९.६३, माईक्रोफाईनान्स ३५.४५, जीवन बीमा ५४.८६ अंकले बढेका छन् ।
नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले नाफा कमाएका छन् । यस्तै तीनउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।