एफपिओ बिक्री गरिरहेको नेपाल बैंकको नाफा ३ अर्ब ३९ करोड करोड



काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपाल बैंकको नाफा ३ अर्ब ११ करोड थियो ।

बैंकले अहिले थप सार्वजनिक निष्कासन गरिरहेको छ । तर,एफपिओ भने बिक्री भएको छैन । नेपाल बैंकले प्रकाशित गरेको वित्तीय विवरणले बैंकले गत आर्थिक वर्षको नाफाबाट केही भएपनि लाभांश बाढ्न सक्ने देखिएको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकमा ९३ अर्ब ९४ करोड निक्षेप थियो भने कर्जा ७४ अर्ब ३७ करोड थियो ।

बैंकले ब्याज आम्दानीबाट ६ अर्ब ३६ करोड गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट ५ अर्ब ७९ करोड कमाएको थियो ।

बैंकको रिजर्बमा ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी ४२ रुपैयाँ २७ पैसा छ भने रिर्टन अन इक्विटी २५.८६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु