नयाँ नेपाल लघुवित्तले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । हकप्रद श्रावण २७ गतेदेखि भदौं ३१ गतेसम्म खुल्नेछ ।
उक्त लघुवित्तले प्रति कित्ता १ सयका दरले ६ लाख कित्ता साधारण सेयरको निष्कासन गर्ने भएको हो । साथै, लगानीकर्तालाई १ कित्ता साधारण सेयर बराबर नयाँ २ दशमलव ५ कित्ता सेयर प्राप्त हुनेछ ।
हकप्रद सेयरको निष्काशन प्रयोजनको लागि यही श्रावण ७ मा सेयर दर्ता किताब बन्द गरिएको छ । सोही कारणले सो भन्दा अघिल्लो दिनसम्म कायम सेयर धनीहरुमात्र यस निष्काशनमा योग्य रहेको धितोपत्र निष्काशन तथा बिक्री, प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।