५० वटा ब्रोकर अनलाईन प्रणालीमा आवद्ध



काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संचालनमा रहेका सबै सेयर ब्रोकर अनलाईन प्रणालीमा आवद्ध भएको जानकारी दिएको छ ।

नेप्सेले सूचना जारी गर्दै लगानीर्तालाई आफूले सेयर कारोबार गरिरहेको ब्रोकर कार्यालय मार्फत यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ । नेप्सेले साउन १ गतेदेखि नै अनलाईन प्रणाली कार्यन्वयनमा ल्याएको थियो ।

नेप्सेले केवाईसी अध्यावधिक गर्दै सेयर कारोबारमा अनलाईन प्रणालीको परीक्षण गर्न आग्रह गरेको हो ।


क्लिकमान्डु