कसले बेच्दैछ नबिलको सेयर ? जसले घटायो सेयर मूल्य



काठमाडौं । एक्कासी बढेको सेलिङ प्रेसरको कारण नबिल बैंकको सेयर मूल्य एक महिनाको अवधीमा ४२ रुपैयाँले घटेको छ ।

एक महिना अगाडि नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ९४२ रुपैयाँ थियो । आइतबार नबिल सेयर प्रतिकित्ता ९ सय रुपैयाँमा कारोबार भएको छ । एक महिनाको अवधीमा नबिलको सेयर मूल्य ९४० रुपैयाँसम्म पुगेको थियो ।

असार मसान्तमा नबिल बैंकको सेयर कारोबार ९२० रुपैयाँ भएको थियो । साउन १ बाट नै नबिलको सेयर मूल्य घट्न थालेको देखिन्छ ।

नबिल बैंकका केही सेयरधनीको सेयर बैंकको ऋण तिर्नको लागि बिक्री भएपछि नबिलमा सेलिङ प्रेसर रहेको थियो ।

सेयर कारोबार भएका पछिल्लो तीन दिनमा भने नबिल बैंकको सेयर मूल्यमा परिवर्तन देखिएको छैन ।

ठूला लगानीकर्ता अर्जुनबन्धु रेग्मीले सेयर बेच्दा नबिल बैंकको सेयर मूल्य घटेको सेयर ब्रोक्रर बताउँछन् । रेग्मी सेयर बजारका ठूला लगानीकर्तामा गनिन्छन् । असार मसान्तको हिसाब मिलानको लागि उनको सेयर बिक्री भएको हो ।


क्लिकमान्डु