तपाइसँग राम्रो ब्यवसायिक सोच भए यो संस्थाले लगानी गरिदिन्छ ८० लाखसम्म



काठमाडौं । नेपालमा बेरोजगारी दिन प्रति दिन बढ्दो छ । कोहीसँग हातमा डिग्री छ तर सीप नभएका कारण बेरोजगार छन् भने कोही सीप भएरपनि बेरोजगार छन् । बेरोजगारीको यस्तो मार खेपीरहेका युवाहरुलाई एउटा सहयोगी हात इमर्जिङ्ग नेपालले अघि सारेको छ ।

यस कम्पनीले देशमा नयाँ सोच भएका, तर ठाउँ नपाएका युवा समुदायलाई आवश्यक पुँजी उपलब्ध गराई औँद्योगीकरणमा सहयोग पुर्याउँदै आएको कम्पनीका मुख्य कार्यकारी अधिकृत विनोद आत्रेयले जानकारी दिए ।

कम्पनीले नेपालमा दर्ता भई सञ्चालनमा आइसकेका तथा कुनै तवरले देशको आर्थिक विकासमा सेवा पुर्याएका र पूँजी अभावका कारण अघि बढ्न नसकेका शिक्षा, स्वास्थ्य, सूचना, प्रविधि, पूर्वाधार विकास, पर्यटक, कृषि तथा जडिबुटी लगायतका क्षेत्रहरुमा सहयोग पुराउने आत्रेयले बताए ।

आत्रेयका अनुसार कम्पनीले उपभोक्तसँग सम्बन्धित परियोजनाहरुमा १ करोड रुपैयाँसम्म उद्योगको प्रकृतिको आधारमा ८० प्रतिशतसम्म लगानी गर्नेछ । कम्पनीले आवेदकबाट उद्यमीको कन्सेप्ट पेपर माग गर्ने छ । त्यसपछि छनोटमा परेकाहरुबाट बिजनेस प्रपोजल तयार गरी लगानी गर्ने बताइएको छ ।

उद्यमीले कम्पनीलाई बुझाउने कन्सेप्ट पेपरमा कम्पनीको दर्ता कागज, प्रमोटर, बोर्ड निर्देशक, कम्पनीको टिमको बारेमा जानकारी राख्नु पर्ने हुन्छ ।

कामको उत्पादन र सेवाहरुको बारेमा जानकारी, लगानीकर्ताको पूर्ण जानकारी, कम्पनीको नाममा लिइने ऋणको पूर्ण जानकारी, भविष्यको योजना, इमर्जिङ कम्पनीलाई दिने अनुदान र प्रतिशत सेयर होल्डर, किन इमर्जिङ नेपालले उद्यमीको कम्पनीमा लगानी गर्ने भन्ने बारेमा लगायतका जानकारीहरु कन्सेप्ट पेपरमा उल्लेख गरिएको हुनु पर्ने बुझिएको छ ।


क्लिकमान्डु