वैदेशिक रोजगारीमा गएका ८ सय २१ को मृत्यु, वर्सेनि संख्या बढ्दो



काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोजगारका क्रममा मृत्यु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ ।

उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आवमा ८२१ पुगेको थियो ।

विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको हुनसक्ने् प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताइन् ।

“यो वर्ष कसरी मृत्युको संख्या बढ्यो, अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा हुन्छ”, उनले भनिन् ।


क्लिकमान्डु