११.७३ अंकले घट्यो नेप्से, २१ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक ११.७३ अंकले घटेको हो । ०.९८ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८१ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १६३ कम्पनीले कारोबार गरेका छन् । ६ लाख ६१ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैंयाको कारोबार भएको छ ।

परिसूचकमा आज वित्तीयको मात्रै सूचक हरियो छ । वित्तीय २.९९ अंकले बढेको छ ।

बैंक ७.६६, होटल ३४.५७, विकास बैंक १३.४२, जलविद्युत १३.७७, निर्जीवन बीमा ११०.६, उत्पादनमूलक ३.४१, अन्य ६.७१, माईक्रोफाइनान्स ३२.९३ तथा जीवन बीमा ७०.२८ अंकले घटेका छन् ।

तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै, अरुण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४.८२७६ प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु