गाडी र मोटरसाइकल चढ्नु हुन्छ, कुन प्रदेशमा कति लाग्छ वार्षिक कर(विवरण)



काठमाडौं ।  सरकारले संघीय राज्यको अवधारण अनुरुप प्रदेश अनुसार सवारी साधन कर निर्धारण गरेको छ । सरकारले यस अघि यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले लिँदै आएको सवारी साधन कर आर्थिक वर्ष २०७५÷०७६ देखि प्रदेश सरकार मातहतमा पठाएको हो ।

कार/जिप तथा भ्यान खरिदमा लाग्ने वार्षिक कर

सरकारले प्रदेश एकमा निजी सवारी साधन कार÷जिप तथा भ्यान खरिदमा सीसी अनुसार २१ हजारदेखि ५८ हजार रुपैयाँ वार्षिक कर तय गरेको छ ।

प्रदेश एकमा एक हजार सीसीसम्मको सवारी खरिमा २१ हजार, १००१-१५०० सीसीसम्ममा २३ हजार, १५०१–२००० सीसीसम्ममा ३० हजार, २००१–२५०० सीसीसम्ममा ३५ हजार, २५०१–२९०० सीसीसम्मको ४१ हजार र सोभन्दा माथिकोका ५८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी प्रदेश २ मा एक हजार सीसीसम्मको सवारी खरिमा १९ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजाररुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी प्रदेश ३ मा १००० सीसीसम्मको सवारी खरिमा २० हजार ९ सय , १००१–१५०० सीसीसम्ममा २३ हजार एक सय , १५०१–२००० सीसीसम्ममा २५ हजार ३ सय , २००१–२५०० सीसीसम्ममा ३५ हजार २ सय , २५०१–२९०० सीसीसम्मको ४० हजार ७ सय र सोभन्दा माथिकोका ५८ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी प्रदेश ४ मा १००० सीसीसम्मको सवारी खरिमा १९ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।

प्रदेश ५ मा १००० सीसीसम्मको सवारी खरिमा १९ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी प्रदेश ६ कर्णालीमा १००० सीसीसम्मको सवारी खरिमा १६ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।

साथै प्रदेश ७ मा १००० सीसीसम्मको सवारी खरिमा २१ हजार, १००१–१५०० सीसीसम्ममा २३ हजार, १५०१–२००० सीसीसम्ममा २५ हजार, २००१–२५०० सीसीसम्ममा ३८ हजार, २५०१–२९०० सीसीसम्मको ४५ हजार र सोभन्दा माथिकोका ६५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

मोटरसाइकल खरिदमा प्रदेश अनुसार लाग्ने वार्षिक कर

सरकारले मोटरसाइकल प्रयोग कर्ताले वार्षिक तिर्नुपर्ने सवारी कर पनि प्रदेश अनुसार फरक– फरक तय गरेको छ । मोटरसाइकको कर पनि बाइकको क्षमता अनुसार फरक फरक रहेको छ । जसमा प्रदेश १ मा १२५ सीसीसम्मको मोटरसाइकका लागि २८ सय, १२६–२५० सीसीसम्मका लागि ४५ सय, २५१–४०० सीसीसम्मको लागि ९ हजार र ४०१ सीसी भन्दा माथिका लागि १६ हजार ५ रुपैयाँ तय गरेको छ ।

यसैगरी प्रदेश २ मा १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार , २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजार पाँच सय रुपैयाँ तय गरेको छ ।

यस्तैगरी प्रदेश तीनमा दर्ता भई सञ्चालनमा आउने १२५ सीसीसम्मको मोटरसाइकका लागि २७ सय ५०, १२६–२५० सीसीसम्मका लागि ४४ सय, २५१–४०० सीसीसम्मको लागि ८८ सय र ४०१ सीसी भन्दा माथिका लागि १६ हजार पाँच सय रुपैयाँ तय गरेको छ ।

यसैगरी प्रदेश ४ मा दर्ता भई सञ्चालनामा आउने १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार, २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजाररुपैयाँ तय गरेको छ ।

साथै प्रदेश ५का १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार , २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजाररुपैयाँ तय गरेको छ ।

यसैगरी प्रदेश ६ मा दर्ता भइ सञ्चालनमा आउने १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार , २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजार रुपैयाँ तय गरेको छ । साथै प्रदेश ७ मा दर्ता भइ सञ्चालनमा १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–१५० सीसीसम्मका लागि ४ हजार , १५१–२५० सीसीसम्मको लागि ८ हजार र २५१–४०० सीसीसम्मका लागि १६ हजार ४०१ सीसी भन्दा माथिका लागि ३० हजाररुपैयाँ तय गरेको छ ।

सडक मर्मत शूल्क पनि बढ्यो

सरकारले आर्थिक वर्ष २०७५/२०७६ का लागि सवारी साधन खरिदमा एक पटक लाग्न सडक मर्मत शूल्य पनि बढाएको छ । यो शूल्क भने सवारी खरिद गर्ने कम्पनीले तिर्नुपर्ने हुन्छ । सवारी खरिद कम्पनीले सवारी खरिद गर्दा एक पटक मात्रै यस्तो कर तिर्ने गर्छन । तर, यो शूल्क पनि सवारी खरिद गर्ने माथिनै भार थपिने हो ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा लागि २००० हजार सीसीसम्मको कार÷जिप तथा भ्यान खरिदमा मुल्यको ७ प्रतिहत र सो भन्दाको कार÷जिप तथा भ्यान खरिदमा मुल्यका १० प्रतिशत सडक मर्मत शूल्य तय गरेको छ ।

यसैगरी १२५ सीसीको मोटरसाइकलमा १५ हजार, १५१–२५० सीसीमा १८ हजार, २५१–४०० सीसीको बाइक खरिदमा ५० हजार र ४०१ सीसी भन्दा बढीको मोटरसाइकलमा २ लाख रुपैयाँ सडक सम्भार तथा मर्मत शूल्य तय गरेको छ । यो रकम बाइक खरिद गर्दा स्वत ग्राहकमा थपिने आर्थिक भार हो ।


क्लिकमान्डु