अर्थमन्त्री खतिवडा भन्छन् : सेयर बजारमा सुधार भएको छ, विदेशबाट पैसा ल्याएपछि ब्याजदर घट्छ



फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजार सुधारको क्रममा रहेको र त्यहाबाट दीर्घकालिन लगानीको लागि पुँजी जुटाउन सकिने बताएका छन् ।

अर्थमन्त्रालयमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सेयर बजार सक्रिय रहेको र त्यहाबाट दीर्घकालिन लगानी जुटाउन सकिने बताएका हुन् ।

उनले पूर्वाधार विकासको लागि पूर्वाधार विकास बैंकको काम अगाडि बढेको र चिनियाँ लगानीको पूर्वाधार विकास बैंकलाई ल्याउने प्रक्रिया अगाडि बढेको बताए ।
उनले पूर्वाधारका क्षेत्रमा लगानी गर्न पुँजी बढेपछि नेपाली बैंकहरु समेत सक्षम भएको बताए ।

बैंकको बढ्दो ब्याजदरको विषयमा अर्थमन्त्री खतिवडाले आन्तरिक बचतले मात्र ब्याजदरमा सुधार नहुँने भन्दै बिदेशबाट बैंकलाई ऋण ल्याउने व्यवस्था गरिएको बताए ।

‘आन्तरिक बचतले ३/४ खर्बको बचत बढ्ने हो,जसमा डेढ खर्ब हामी सरकारले नै लैजाने गर्छौ,यसको लागि विदेशी पुँजी चाहिन्छ,’अर्थमन्त्री खतिवडा भने ।

राष्ट्र बैंकले परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन बाटो खोलेको र भारतीय रुपैयाँमा ल्याउनको लागि मौद्रिक नीतिमा व्यवस्था गरिएको बताए ।

‘एकजनाले भारतीय रुपैयाँ ल्याएर ऋण दिने जस्तो गरि अदालतमा रिट हाल्नुभयो,अन्तरिम आदेशपनि आयो,भारुमा ऋण दिने होइन,लगानी ल्याउने हो,’अर्थमन्त्री खतिवडाले भने ।


क्लिकमान्डु