अर्थमन्त्रीले भनेः मैले बोलिन, त्यसैले मेरो चामल पनि बिकेन




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू नबोलेको कारण आफ्नो चामल पनि नबिकेको बताए । चालु आर्थिक बर्षको बजेट कार्यान्वयन बारे जानकारी दिन अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘बोल्नेको पिठो विक्दो रैछ, नबोल्नेको चामल पनि विक्दो रहेनछ, म बोलिनँ, त्यसैले मेरो चामल पनि विकेन,’ अर्थमन्त्री भएपछि आफूले राम्रो काम गरेको तर कसैले पनि प्रसंशा नगरेको तर्फ इगित गर्दै डा. खतिवडाले भने ।

उनले गत आर्थिक बर्षमा विभिन्न चुनौतिका बाबजुत राजस्वको लक्ष्य पूरा गर्न कर प्रशासन सक्षम भएको बताए । यस्तै अघिल्ला आर्थिक बर्षहरुको भन्दा गत आर्थिक बर्षमा विकास बजेट पनि बढेको उनको दाबी छ ।

यस्तै उनले चालु आर्थिक बर्षमा विकास खर्च बढाउन अर्थमन्त्रालय लागिपरेको पनि जानकारी दिए । यसको लागि संरचनागत सुधार थालिएको उनको भनाइ छ ।

‘हामीले संरचनागत सुधार थालेका छौं, यस्तो सुधारले चालु आर्थिक बर्षमा विकास खर्च बढ्छ,’ उनले भने ।

यस्तै उनले अहिलेको आन्तरिक स्रातले बैंकिङ क्षेत्रको ब्याज नियन्त्रण नगर्ने बताए । आन्तरिक स्रोत नै सिमित रहेकोले ब्याज दर बढिरहेको उनको भनाइ छ ।

बढ्दो ब्याजदर नियन्त्रणको लागि देशबाहिरबाट पुँजी ल्याउनु पर्ने र त्यसको लागि नेपाल राष्ट्र बैंकले नीतिगत ब्यवस्था पनि गरिसकेको अर्थमन्त्रीले बताए ।


क्लिकमान्डु