एक वर्षमा निक्षेप ३ खर्ब ५० अर्बले बढ्दा कर्जा ३ खर्ब ५५ रुपैयाँले बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षको अवधीमा ३ खर्ब ५० अर्ब रुपैयाँले निक्षेप बढाएका छन् ।

असार मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकसँग २४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्ष २० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यस्तै बैंकहरुले असार मसान्तसम्ममा २० खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अघिल्लो वर्ष बैंकहरुले १७ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधीमा बैंकहरुले ५५ अर्ब रुपैयाँ कर्जा लगानी बढाउन सफल भएका छन् ।


क्लिकमान्डु