साउन १४ देखि युनियन हाईड्रोको साधारण सेयरतर्फको बिक्री खुल्ने



काठमाडौं । युनियन हाईड्रो पावर कम्पनीको साधारण सेयरतर्फको बिक्री खुल्ने भएको छ । उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका तथा कास्की जिल्लाको लागि बिक्री खुल्न लागेको हो ।

प्रति कित्ता १ सयका दरले साधारण सेयरतर्फ जम्मा ७ लाख ५० हजार कित्ताका लागि बिक्री खुल्न लागेको हो । सो सेयर खरिद गर्न दरखास्त दिन पाउने न्यूनतम इकाई ५० रहेको छ भने अधिकतम ईकाई ३ हजार रहेको छ ।

मध्य नेपाल नगरपालिका वडा नं. ८, ९, १०, वेशिसहर नगरपालिका वडा नं. ५, सुन्दरबजार नगरपालिका वडा नं. ११ र कास्की जिल्लाको रुपा गाउँ पालिका वडा नम्बर १ का बिक्री लागि बिक्री निष्कासन गर्न लागेको हो ।

साथै, प्रभावित क्षेत्र लमजुङ जिल्लाका लागि ईक्रा नेपाल लिमिटेडले गरेको रेटिङ अनुसार ग्रेड ५ प्राप्त छ ।

साथै, साधारण सेयरतर्फको बिक्री यही साउन १४ गतेदेखि २८ गतेसम्म खुल्ला हुनेछ । यस्तै, ढिलोमा आगामी भदौ १२ गते बैंकिङ समयसम्म खुल्ने धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु