बुढानिलकण्ठ नगरपालिकामा सेञ्चुरी बैंकको नयाँ शाखा



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बुढानिलकण्ठको वडा नं ८ हात्तीगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

हात्तीगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बुढानिलकण्ठका मेयर उद्धव प्रसाद खरेलले संयुक्तरुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिति रहेको थियो ।


क्लिकमान्डु