नेप्सेमा साउदले हाजिर गर्न पाए



काठमाडौं । सर्बोच्च अदालतको अन्तरिम आदेशले पुनः बहाली भएका नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आजदेखि हाजिर गर्न पाएका छन् ।

अदालतको अन्तरिम आदेशले मंगलबार पद बहाली गरेपनि उनले बुधवार र बिहीबार हाजिर गर्न पाएका थिएनन् । बिहीबार सर्बोच्चको अन्तरिम आदेश बोकेर साउद अर्थमन्त्रालय पुगेका थिए ।

अदालतको अन्तरिम आदेश अनुसार नै उनी नेप्सेमा फर्के हुन् । तर,नेप्से अध्यक्षले हाजिर गर्न नदिएपछि उनले हाजिर गर्न पाएका थिएनन् ।


क्लिकमान्डु