डा. केसीलाई जुम्लाबाट काठमाडौंको टिचिङ ल्याइपुर्यायो सरकारले




काठमाडौं । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि मेडिकल क्षेत्रको सुधारको माग राख्ने अनसनमा बसेका डा. गोविन्द केसीलाई सरकारले टिचिङ हस्पिटल महारजगन्जमा ल्याएको छ ।

प्रहरी लगाएर बल प्रयोग गरी सरकारले डा. केसीलाई काठमाडौं ल्याएको हो । उनलाई सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

डा. केसीलाई काठमाडौं ल्याउने विषयमा प्रहरी र डा. केसीका समर्थकबीच विवाद समेत भएको थियो । सो विवादले झपडको रुप लिँदा प्रहरीले अस्पताल हाताभित्र अश्रुग्यास र लाठीचार्ज समेत गरेको थियो ।

डा. केसीलाई काठमाडौं ल्याइए पनि उनका कुनै माग सम्बोधन भएको छैन भने र सरकार तथा केसी पक्षबीचको वार्ताले कुनै सार्थकता दिएको छैन ।


क्लिकमान्डु