‘गरिमा रेमिट’सञ्चालन गर्न गरिमा बैंक र कुमारी बैंकबीच सम्झौता
काठमाडौं । गरिमाविकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच‘गरिमा रेमिट’सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्नभएको छ ।
मिति२०७५श्रावण ३गते बिहीबार गरिमाविकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसादउपाध्याय र कुमारी बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात कुमारी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ८६ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकमभूक्तानीगर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
साथै, सोहीकार्यक्रममागरिमाविकास बैंक लिमिटेडले ‘कुमारी रेमिट’मार्फत रकम भुक्तानी गर्ने सम्बन्धमा समेत गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ शाखा कार्यालयबाट कुमारी रेमिट मार्फत रकम भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिन्छ ।