गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर कारोबार, भिजन सेक्युरिटी पहिलो(सूचिसहित)



काठमाडौं । गत आर्थिक वर्ष २०७४/ ७५ मा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको सेयर खरिद र १ खर्ब २० अर्ब ९ करोड रुपैयाँको सेयर बिक्री भएको देखिन्छ ।

५० वटा सेयर ब्रोक्ररले २ खर्ब ४० अर्ब रुपैयाँको सेयर खरिदबिक्री गरेका हुन् ।
सेयर ब्रोक्ररले नेप्सेमा बुझाएको विवरण अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी सेयर कारोबार भिजन सेक्युरिटी ३४ नम्बरले गरेको देखिन्छ ।

३४ नम्बर भिजन सेक्युरिटीले ५ अर्ब ९५ करोड रुपैयाँको खरिद तथा ६ अर्ब ६६ करोड रुपैयाँको बिक्री गर्दै कुल १२ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । उसले ४ करोड २९ करोड रुपैयाँ कमिसनबाट आम्दानी गरेको देखिएको छ ।

दोस्रोमा अनलाइन सेक्युरिटी १२ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । ४९ नम्बरको अनलाइन सेक्युरिटीले ६ अर्ब १९ करोडको खरिद तथा ५ अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री गरेको देखिएको छ ।

गत आर्थिक वर्ष २०७४/७५ भने लगानीकर्ताको लागी फलदायी भएको छैन । धितोपत्र बोर्डले कमिसन काटेको र कारोबारमा सुधार नआएको हुँदा धेरै सेयर ब्रोक्ररको आम्दानी भने अब घट्न थालेको देखिन्छ ।

सेयर ब्रोक्ररले २ करोड चुक्ता पुँजी पुर्याउनुपर्ने छ । अझै मार्जिन लेन्डिङको काम गर्नको लागि चुक्ता पुँजी ५ करोड रुपैयाँ चाहिने छ ।

नेप्सेमा पुगेको विवरण अनुसार गत आर्थिक वर्षमा सबैभन्दा कम अरुण सेक्युरिटीले ८० करोड रुपैयाँको सेयर कारोबार गरेको छ ।

अरुणले १७ करोड रुपैयाँको खरिद तथा ६३ करोड रुपैयाँको सेयर बिक्रीको कारोबार गरेको देखिन्छ । अरुण सेक्युरिटी बाहेक सबै ब्रोक्ररले १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेका छन् ।


क्लिकमान्डु