नेप्से परिसूचक ५.३८ अंकले घट्यो, ५६ करोडको कारोबार
काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३८ अंकले घटेको छ । परिसूचक ०.४५ प्रतिशतले घट्दा ११९३.३९ विन्दुमा पुगेको हो ।
आज १ सय ६२ कम्पनीका १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ५६ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह ३.४६, बिकास बैंक समूह ७.०८, जलविद्युत समूह ६.६१, वित्त समूह ०.५७, निर्जीवन बीमा समूह ८०.८२, लघुवित्त समूह १६.२३, जीवन बीमा समूह ४३.५५ र अन्य समूह ०.९७ अंकले घटेका हुन् ।
होटल समूह १४.६१ र उत्पादनमूलक समूह ०.४६ अंकले बढेको छ । आज प्राइमलाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोबार गरेको छ । कम्पनीले ३० करोड ५९ लाख बराबरको टर्नओभर गरेको हो ।
एनआईसी एसिया ग्रोथ फण्डका लगानीकर्ताहरुले ४.०३ प्रतिशतले कमाइ गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले ५.७९ प्रतिशतले गुमाएका छन् ।