सर्बोच्चको अन्तरिम आदेश बोकेर चन्द्रसिंह साउद अर्थमन्त्रालयमा



काठमाडौं । सर्बोच्च अदालतको अन्तरिम आदेशबाट पदबहाली भएका नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सर्बोच्चको अन्तरिम आदेश बोकेर अर्थमन्त्रालय पुगेका छन् ।

मंगलबार सर्बोच्चको अन्तरिम आदेशपछि पदबहाली भएका साउद अर्थमन्त्रालयको हस्तक्षेपपछि बुधवारदेखि हाजिर गर्न पाएका छैनन् ।

नेप्सेमा अर्थमन्त्रालयले खटाएका रमेश अर्यालले नै प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् ।

ओली नेतृत्वको सरकारले एकमुस्ट रुपमा देउवा सरकारले गरेका नियुक्ती खारेज गरेको थियो । त्यसपछि साउदको पद गएको थियो ।

साउदले त्यसलाई चुनौती दिदै सर्बोच्चमा मुद्दा दायर गरेका थिए । सर्बोच्चले उनलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको थियो ।


क्लिकमान्डु