डिम्याट खाता रिन्यू गर्नुहोस्, सेयर भर्न नपाइएला
काठमाडौं । के तपाईले डिम्याट् खाता रिन्यू गराउँनु भयो ? सेयर खरिद बिक्री गर्न डिम्याट अनिवार्य रिन्यू भएको हुनुपर्छ ।
खाता समयमै रिन्यू गराएमा त्यसको लाभ लिन सकिन्छ । तपाईले जहाँबाट डिम्याट खाता खोल्नु भएको हो त्यहीँबाट रिन्यू गराउन सकिन्छ ।
जति सक्दो चाडो रिन्यू गर्नु हुन्छ त्यती नै कारोबार गर्न सहज हुन्छ । यसरी खाता रिन्यू गराउदा १ सय रुपैंया शुल्क समेत बुझाउनु पर्ने व्यवस्था रहेको छ ।