एनआईबिएल एस क्यापिटल ज्योति विकास बैंकको सेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । ज्योति विकास बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्ड सम्बन्धी कारोबारको अभिलेख राख्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

काठमाडौं लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटलले रजिष्ट्रार नियुक्त भएसंगै दाखिल खारेज, नामसारी, रोक्का तथा सेयरबालाहरुको लगत अद्यावधिक लगायतको कार्य गर्ने बताइएको छ ।

साथै, सेयर रजिष्ट्रार अन्र्तगतको कार्य भने यही साउन ३ देखि नै एनआईबिएल एस मार्फत हुने सोही जनाइएको छ ।


क्लिकमान्डु