काँग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल



काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन् ।

पार्टी उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले आज उनलाई पार्टीको विधानबमोजिम नियुक्त गरेको पार्टी कार्यालयले जनाएको छ ।

ओखलढुंगा निवासी दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने विगत ३४ वर्षदेखि प्राध्यापन पेशामा संलग्न रहेका छन् । विसं २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकारसमेत हुन् ।

दाहालले विसं २०४१ देखि २०५६ सम्म काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर कामसमेत गरिसकेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु