५.६३ अंकले घट्यो नेप्से, १७ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आजपनि निरन्तरता पाएको छ । नेप्से परिसूचक ५.६३ अंकले घटेको हो । ०.४७ प्रतिशतले घट्दा नेप्से परिसूचक १,१९८ दशमलव ६८ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १३९ कम्पनीले कारोबार गरेका छन् । ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर किनबेच हुँदा १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैंयाको कारोबार भएको छ ।

बित्तीय ०.७६ अंकले बढेको छ । यस्तै, बैंक २.३६, टेडीङ २.७९, विकास बैंक ९.७२, जलविद्युत १४.४१, निर्जीवन बीमा ६१.६१, उत्पादन २.०४, अन्य २.३५, माईक्रोफाइनान्स १५.८१, जीवन बीमा ६७.६५ अंकले घटेका छन् ।

नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ४.७१ प्रतिशतले कमाई गरेका छन् । यस्तै, नयाँ नेपाल लघुबित्त विकास बैंकका लगानीकर्ताले ६.६६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

 


क्लिकमान्डु