राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख थापा भन्छन्- दोहोरो अंकको आर्थिक बृद्धि सम्भव छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक नरबहादुर थापाले दोहोरो अंकको आर्थिक बृद्धि सम्भव भएको बताएका छन् ।

नेशनल बैंकिङ इन्टीच्यूट (एनबिआई) ले आर्थिक वर्ष ०७५।०७६ को मौद्रिक नीति सम्बन्धी गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै थापाले मौद्रिक नीतिमा ३ वटा सबल पक्ष भएको यसले आर्थिक बृद्धिमा देशलाई लैजाने बताए ।

उनले र्आिक बृद्धि,तल्लो स्तरको फण्डको सम्बोधन तथा ब्याजदरमा सहजता ल्याउन मौद्रिक नीति केन्द्रीत भएको बताए ।

थापाले आर्थिक बृद्धि राष्ट्र बैंकको नीतिले मात्र सम्भव नहुँने बाउदै यसको लागि सामुहिक प्रयास चाहिने बताए ।

‘चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखिएको छ यसको लागि कृषिको ४.५ तथा अन्य क्षेत्रको ९.६ हुनुपर्छ । जसमा उद्योगको १२ तथा सेवा क्षेत्रको ८.५ प्रतिशत बृद्धिदर आवश्यक छ,’ उनले भने ।

२०७२ सालको भूकम्प र नाकाबन्दीले आर्थिकबृद्धिरमा ठूलो धक्का दिएको थापाले बताए । उनले ५ वर्षको लागि स्थिर सरकार बनेको र यसले नीतिगत रुपमा स्थाईत्व ल्याउने हुँदा लगानीकर्ताको मनोबल बढ्ने बताए ।

सरकारको मेगा प्रोजेक्टको रुपमा रहेको बुढी गण्डकी तथा निजगढ विमान स्थलको काम अगाडि बढाउनुपर्ने यसबाट दोहोरो अंकको आर्थिक बृद्धि सम्भव हुने बुझाई थापाको छ ।

उनले साना लगानीकर्ताको समस्या मौद्रिक नीतिले गरेको जानकारी दिए ।
यस्तै ब्याजदरमा आउने उतारचढाव रोक्नको लागि मौद्रिक नीति केन्द्रीत रहेको टिप्पणी थापाको छ ।


क्लिकमान्डु