सबैभन्दा धनी व्यक्ति बने बेजोस, सम्पत्ति १ सय ५० अर्ब



काठमाण्डौ । अनलाईन रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार सोमबार बेजोसको सम्पत्ति १ सय ५० अर्ब डलर पुगेको छ ।

बेजोसले माईक्रोसफ्टका संस्थापक विल गेट्सलाई ५५ अर्ब डलरले पछाडि पारेका छन् । ब्लूमवर्गका अनुसार विल गेट्सको सम्पत्ति ९५.३ अर्ब डलर छ ।

बेजोस सन् १९८२ यताको सबैभन्दा धनी व्यक्ति भएका छन् । गत वर्ष बढेको महङ्गीको वावजुदपनि ५४ वर्षिय बेजोसले गेट्सलाई पछाडि पारेका छन् । गेट्ससँग सन् १९९९ मा १ सय अर्ब डलर सम्पत्ति थियो ।

यससंगै अमेजनका सिईओ बेजोस १ सय ५० अर्ब डलर सहित १९८२ यताको सबैभन्दा धेरै सम्पत्ति भएको मानिस भएका छन् ।

सोमबार मात्रै अमेजनको सेयर मूल्य १ हजार ८ सय ४१ दशमलव ९५ डलर पुगेको थियो । यसभन्दा पहिले यसै वर्षको ८ जनवरीमापनि ब्लूमवर्गले जारी गरेको रिर्पोटमा १ सय ५ दशमलव १ अर्ब डलर थियो ।


क्लिकमान्डु