२८ वटामा १/२ वटा बाहेक सबै बैंकको नाफा अर्ब कट्ने, यस्तो छ प्रक्षेपण



काठमाडौं । आर्थिक वर्ष २०७४/७५ सकिएको छ । केही दिनभित्रमा गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण आउने छ । त्यसपछि बैंकले कमाएको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न सुरु गर्छन् ।

गत आर्थिक वर्षमा बैंकहरुलाई लगानी योग्य रकमको अभावको कारण ठूलो समस्या पर्यो । निक्षेपको लागतमा बृद्धि भयो । जसको असर भने कर्जा लिनेलाई पर्यो ।

२८ वटा वाणिज्य बैंकमा गत आर्थिक वर्षमा एउटा वा दु्ईवटा बाहेक सबै वाणिज्य बैंकको नाफा एक अर्ब कट्ने देखिन्छ ।

बैंकका अधिकारीहरुसँगको सम्पर्क तथा आएको सूचनाको आधारमा सरकारी लगानीको वाणिज्य बैंकको नाफा ४ अर्ब कटेको छ । यस्तै नबिलको पनि ४ अर्ब नाफा कटेको बुझिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक तथा नेपाल बैंकले पनि ४ अर्ब हाराहारीमा नाफा कमाएका छन् ।

कृषि विकास बैंक,हिमालयन बैंक,एभरेष्टका तथा ग्लोबल आइएमई हुने देखिन्छ ।

२ अर्ब नाफा बढी हुने बैंकमा स्टाण्डर्ट चाटर्ड,एसबिआई,एनएमबि बैंक हुने छन् । यस्तै सानिमा,सिदार्थ तथा प्राइम बैंकको नाफा २ अर्ब हाराहारीमा हुने छ ।

डेढ अर्ब नाफा कमाउने बैंकहरुमा सिटिजन्स,प्रभु तथा सनराइज बैंक हुने देखिन्छ ।
बैंक अफ काठमाण्डू,एनआईसी,माछापुच्छ्रे,नेपाल बंगलादेश बैंकले पनि नाफा १ अर्बभन्दा बढी नै गर्ने छन् ।

यो पटक पहिलो पटक अर्बपति क्लबमा मेगा बैंकको प्रवेश हुने देखिएको छ । मेगाले टुरिजमलाई मर्ज गराएको हुँदा उसको नाफा १ अर्ब कट्ने देखिन्छ ।

यस्तै कुमारी बैंकपनि यो पटक अर्बपति क्लबमा प्रवेश गर्ने छ । यस्तै सेन्चुरी,जनताले पनि १ अर्ब कट्ने अथवा १ अर्ब हाराहारीमा नाफा गर्ने देखिन्छ ।

गतवर्ष नै १ अर्ब नाफा कमाएको नेपाल क्रेडिट एण्ड कमर्श बैंकले पनि राइट ब्याक गरेका १ अर्ब नाफा गर्न असजिलो छैन । यो पटक १ अर्ब नाफा नगर्ने बैंकमा अहिलेसम्म सिभिल बैंक मात्र हुने देखिन्छ । लोन रिकभर गरेमा भने नाफा बढ्ने छ ।

यस आधारले हेर्दा यो पटक अधिकांश बैंकको नाफा १ अर्ब कट्ने देखिएको छ ।


क्लिकमान्डु