प्रतिकित्ता २ सयको दरले सिटिजन्स बैंकलाई एफपिओ निष्कासन गर्न अनुमति



काठमाडौं । धितोपत्र बोर्डले सिटिजन्ज बैंकलाई प्रतिकित्ता २ सय रुपैयाँको दरले थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्न अनुमति दिएको छ ।

बोर्डले आर्थिक वर्ष २०७४/७५ को अन्तिम सार्वजनिक निष्कासनको अनुमति सिटिजन्स बैंकलाई दिएको हो ।

सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८ सय २६ कित्ता सेयर २ सय रुपैयाँको दरले निष्कासन गर्न अनुमति पाएको हो । सिटिजन्सले १ सय रुपैयाँ अंकित मुल्यमा १ सय रुपैयाँ थप गरेर निष्कासनको लागि अनुमति पाएको हो । यसको दोस्रोमा बजारमा अहिले २३३ रुपैयाँमा सेयर कारोबार भएको छ ।

अहिले रहेको ८ अर्ब पुँजीमा एफपिओ निष्कासनपछि ४ करोड रुपैयाँ पुँजीमा थपिन्छ । बाँकी रकम कोषमा जाने छ ।


क्लिकमान्डु