अबदेखि बिदेशबाट पठाएको रकम १ लाखभन्दा बढी नगदमा लिन नसकिने



काठमाडौं । अबदेखि बिदेशबाट पठाएको पैसा १ लाख रुपैयाँभन्दा बढी नगदमा लिन नसकिने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार १ लाखभन्दा बढीको भुक्तानी नगदमा दिन पाइने छैन । राष्ट्र बैंकले १ लाखसम्म नगदमा भुक्तानी दिन सकिने भएपनि त्यो भन्दा बढी रकम बैंकको चेक मार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ ।

रेमिटेन्स कम्पनीले जारी गरेको कार्ड मार्फत समेत भुक्तानी लिन सकिने छ । यस्तै विदेशबाट नेपालीले पठाएको रकम भुक्तानी दिदा ग्राहक पहिचानपत्रको आधारमा मात्र पैसा दिनुपर्ने छ ।

विदेशबाट २५ हजार रुपैयाँसम्म रकम मोबाइल वालेटमा ट्रान्सफर गर्ने सुविधा रहेको छ । आन्तरिक रुपमा रेमिटेन्स कम्पनीले १ लाखभन्दा बढीको दैनिक भुक्तानी दिन पाउने छैनन् ।


क्लिकमान्डु