आर्थिक वर्षको पहिलो दिन ८ अंकले घट्यो नेप्से, २० करोडको कारोबार



काठमाडौं । आर्थिक वर्ष २०७५\०७६ को पहिलो दिन मंगलबार नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आर्थिक वर्ष सुरु हुने दिन अर्थात साउन १ गते नेप्से परिसूचक ८.०५ अंकले घटेको हो । ०.६६ प्रतिशतले घटेर नेप्से १२०४.३१ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १५२ कम्पनीले कारोबार गरेका छन् । ५ लाख १४ हजार १ सय ६१ कित्ता सेयर किनबेच हुँदा २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैँयाको कारोबार भएको छ ।

नेप्सेमा आज विभिन्न कम्पनीको गरेर ११ सूचक देखा परेका छन् । बीमा समूह विभाजन भएसँगै बीमा कै २ सूचक देखिएका छन् । यसले अन्य दिन सूचक हेर्दै आएका लगानीकर्तालाई केही भिन्नता महसुस पक्कै गराएको छ । आज ३ सूचक हरियो छन् भने अन्य सूचक रातै रहेका छन् ।

ट्रेडिङ २.७९, वित्तीय ३.७३ र अन्य ४.९५ अंकले बढेका छन् ।

बैंक ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादनमूलक ३५.६६, माईक्रोफाईनान्स १३.३२ र जीवन बीमा ७४.११ अंकले घटेका छन् ।

बजार ओरालो लाग्दापनि राईर्याङ हाईड्रो प्रोजेक्टका लगानीर्ताले ६.७६ प्रतिशतले कमाई गरेका छन् ।

यस्तै, बोटर्स नेपालका लगानीकर्ताले ५.८२ प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु