नेप्सेमा हकप्रद तथा बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज विभिन्न कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् ।

मिथिला लघु वित्त वित्तीय संस्थानको ८६ हजार ५८ दशमलव १८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, फर्वाड कम्यूनीटी माईक्रोफाईनान्स वित्तीय संस्थाको १० लाख १ हजार ६ सय ५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल इन्स्योरेन्सको भने १ लाख ३६ हजार ६ सय १४ दशमलव ८५ कित्ता बोनस सेयर र ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

रिलायन्स फाईनान्सको २० लाख ५ हजार २ सय ९७ दशमलव ०८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्लिकमान्डु