सेयर बजारमा साउनको हरियाली देखिएन, रातो रङ बाट अनलाइन प्रणालीको स्वागत



काठमाडौं । आजदेखि साउन महिना सुरु भयो । वातावरण हरियाली छ । महिलाहरु हरियो चुरा पोते तथा कपडामा छन् । नयाँ आर्थिक वर्ष समेत सुरु भयो ।

सेयर बजारमा आजदेखि अनलाइन प्रणाली मार्फत सेयर खरिदबिक्री सुरु हुँन लागेको छ ।
तर,आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा साउनको हरियाली भने देखिएको छैन । बजार खुल्नासाथ केही बढेपनि रातो रङ छाएको छ । अहिलेसम्म परिसूचक ४.७१ अंकले बढेको छ । समुहगत परिसूचक सबै रातो छ ।

कारोबार भएको एक घण्टाले आर्थिक वर्षको सुरुवातको दिन नै लगानीकर्तालाई सुखत नहुँने गरी रङ देखाएको छ ।


क्लिकमान्डु