७९ करोडको स्याम्पु आयात, भारतबाट मात्रै २६ करोडको स्याम्पु नेपाल भित्रन्छ



काठमाडौं । हामीले व्यक्तिगत सरसफाईमा साबुन र स्याम्पुको प्रयोग गर्ने गर्छौँ । बजारमा विभिन्न नाम र ब्राण्डका साबुन\स्याम्पु पाइन्छ । शरीरको सरसफाईमा प्रयोग गरिने साबुन र स्वाम्पु स्वदेशीपनि प्रयोग गर्छौँ भने विदेशीपनि प्रयोग गरिरहेका छौँ ।

आज हामीले हाम्रो देशमा कतिवटा देशबाट कति परिमाणमा स्याम्पु भित्रिरहेको छ त ? यसरी विदेशी स्याम्पु भित्रदा नेपाली रुपैयाँ कति विदेशिएको छ भनी लेखाजोखा गरेका छौं ।

भन्सार विभागका अनुसार, नेपालले आर्थिक वर्षको २०७४\७५ को ११ महिनामा ७९ करोड ५९ लाख बराबरको स्याम्पु आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार २६ वटा भन्दा बढी देशबाट स्याम्पु आयात हुने गरेको देखिन्छ ।

नेपालले अष्ट्रेलिया, क्यानडा, चीन, इजिप्ट, स्टोनिया, फ्रान्स, जर्मन, भारत, इण्डोनेसिया, इटली, कोरिया, मलेसिया, इक्वेडर, मोरक्को, फिलिपिन्स, पोल्याण्ड, रसिया, स्लोभेनिया, श्रीलंका, थाइल्याण्ड, ट्युनेसिया, टर्की, दुबाई, यूके, अमेरिका र भियतनामबाट स्याम्पु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालले यो आर्थिक वर्षमा भारत, थाइल्याण्ड र चीनबाट धेरै स्याम्पु आयात भएको छ ।

नेपालले २५ करोड ७६ लाख ७६ हजार ६ सय ९ पिस स्याम्पु भारतबाट आयात गरेको छ । भारतबाट सो स्याम्पु ३९ करोड ९८ लाख ६६ हजार रुपैयाँमा नेपाल आयात गरिएको हो ।

नेपालले थाइल्याण्डबाट २८ लाख ९४ हजार २ सय ७२ पिस स्याम्पु आयात गरेको छ । यी स्याम्पु ३४ करोड ३१ लाख ८८ हजार रुपैयाँ बढी मूल्यको स्याम्पु आयात भएको हो ।

चीनबाट नेपालले २१ लाख ३३ हजार ३ सय ५ स्याम्पु आयात गरेको छ । सो स्याम्पु २ करोड ८१ लाख ८५ हजार रुपैयाँमा आयात भएको हो । यस्तै, नेपालले अष्ट्रेलियाबाट ५ सय पिस स्याम्पु आयात गरेको छ । अष्ट्रेलियाबाट नेपालले ६ हजार रुपैयाँमा स्याम्पु आयात गरेको हो ।

क्यानडाबाट नेपालले ३ सय ६० पिस स्याम्पु आयात गरेको छ । सो स्याम्पु २६ हजार रुपैयाँमा आयात गरेको हो ।

इक्वेडरबाट नेपालले २ हजार ८ सय ८ पिस स्याम्पु आयात भएको छ । नेपालले इक्वेडरबाट १ लाख ७७ हजार रुपैयाँको स्याम्पु आयात गरेको हो । इजिप्टबाट नेपालले ५ हजार ५ सय ८० पिस स्याम्पु आयात गरेको छ । यो आर्थिक वर्षमा नेपालले इजिप्टबाट २ लाख ५६ हजार रुपैयाँ बराबरको स्याम्पु आयात गरेको हो ।

इस्टोनियाबाट नेपालले ४ हजार ८ सय पिस स्याम्पु आयात गरेको छ । यो परिमाणको स्पाम्पु ३ लाख ३७ हजार रुपैयाँमा आयात गरेको हो । फ्रान्सबाट नेपालले ६ हजार ९ सय ७२ पिस स्याम्पु आयात गरेको छ । फ्रान्सबाट २ लाख ३४ हजार रुपैयाँमा स्याम्पु आयात गरेको गरिएको हो ।

यो आर्थिक वर्षको ११ महिनामा नेपालले जर्मनीबाट १४ हजार १ सय ४० पिस स्याम्पु आयात गरेको छ । जर्मनीबाट नेपालले २८ लाख ८७ हजार रुपैयाँमा स्याम्पु आयात गरेको हो ।

यस्तै, इन्डोनेसियाबाट नेपालले ४० हजार ५ सय ६० पिस स्याम्पु आयात गरेको छ । इन्डोनेसियाबाट ६ लाख १८ हजार रुपैयाँमा स्याम्पु आयात गरेको हो । इटलीबाट नेपालले २७ हजार ५ सय २२ पिस स्याम्पु आयात गरेको छ । यो आर्थिक वर्षमा नेपालले इटलीबाट १२ लाख रुपैयाँको स्याम्पु आयात गरेको हो । कोरियाबाट नेपालले ४ हजार १ सय ४० पिस स्याम्पु आयात गरेको छ । यो आर्थिक वर्षमा नेपालले कोरियाबाट ५ लाख ४३ हजार रुपैयाँको स्याम्पु आयात गरेको हो ।

मलेसियाबाट नेपालले यो आर्थिक वर्षमा ७ हजार ६ सय ४४ पिस स्याम्पु आयात गरेको छ । सो स्याम्पु नेपालले १२ लाख ७८ हजार रुपैयाँमा आयात गरेको हो । मोरक्कोबाट नेपालले ४ सय ८० पिस स्याम्पु आयात गरेको छ । नेपालले यो आर्थिक वर्षमा मोरक्कोबाट ३२ हजार रुपैयाँको स्याम्पु आयात गरेको हो । फिलिपिन्सबाट नेपालले १८ हजार ३६ पिस स्याम्पु आयात गरेको छ । १९ लाख २७ हजार रुपैयाँको स्याम्पु आयात गरिएको हो ।

यस्तै, पोल्याण्डबाट नेपालले १२ हजार ८ सय ७६ पिस स्याम्पु आयात गरेको छ । ८ लाख १७ हजार रुपैयाँमा स्याम्पु आयात भएको हो ।

रसियाबाट नेपालले ५ हजार ५ सय २० पिस स्याम्पु आयात गरेको छ । नेपालले यो आर्थिक वर्षमा रसियाबाट २ लाख ९५ हजार रुपैयाँको स्याम्पु आयात गरेको हो ।स्लोभेनियाबाट नेपालले ६ सय पिस स्याम्पु आयात गरेको छ । स्लोभेनियाबाट ८३ हजार रुपैयाँमा स्याम्पु आयात गरेको हो ।

श्रीलंकाबाट नेपालले यो आर्थिक वर्षको ११ महिनामा १४ हजार १ सय १२ पिस स्याम्पु आयात गरेको छ । सो स्याम्पु ४२ हजार रुपैयाँमा आयात गरेको हो ।
ताइवानबाट ९६ हजार पिस स्याम्पु आयात गरेको छ भने ९ हजार रुपैयाँमा आयात गरेको हो ।

ट्युनेनिसियाबाट नेपालले ६ हजार ३ सय ६० पिस स्याम्पु आयात गरेको छ । सो स्याम्पु ३ लाख ४६ हजार रुपैयाँमा आयात गरेको हो ।

यो आर्थिक वर्षमा नेपालले टर्कीबाट ८ हजार १ सय ४८ पिस स्याम्पु आयात गरेको छ । ९ लाख १ हजार रुपैयाँमा आयात गरेको हो ।

दुबाईबाट नेपालले ७ हजार २ सय ८० पिस स्याम्पु आयात गरेको छ । ३ लाख १६ हजार रुपैयाँमा आयात गरेको हो ।

यूकेबाट नेपालले यो आर्थिक वर्षमा २० हजार ५ सय ४४ पिस स्याम्पु आयात गरेको देखिन्छ भने१४ लाख ६८ हजार रुपैयाँमा आयात गरेको हो ।

अमेरिकाबाट नेपालले ५३ हजार ८ सय ६७ पिस स्याम्पु आयात गरेको छ । ४५ लाख ९३ हजार रुपैयाँमा स्याम्पु आयात गरेको हो ।

भितनामबाट नेपालले यो आर्थिक वर्षमा ५४ हजार ९ सय ५३ पिस स्याम्पु आयात गरेको छ । यो आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले भियतनामबाट ६ लाख १ सय रुपैयाँको स्याम्पु आयात गरेको हो ।

यस्तै, नेपालले यो आर्थिक वर्षको ११ महिनामा अन्य मुलुकहरुबाट ७५ हजार ८ सय १४ पिस स्याम्पु आयात गरेको छ । सो अवधिमा नेपालले अन्य मुलुकहरुबाट ५९ लाख ९३ हजार रुपैयाँको स्याम्पु आयात गरेको हो ।


क्लिकमान्डु