निजी कम्पनीमा जागिर गुम्ने डर किन हुन्छ ?



निजी क्षेत्रमा काम गरिरहेका कर्मचारीको मनमा जागिर गुमाउनुपर्छ की भन्ने त्रास सधैँ रहन्छ । निजी क्षेत्रका धेरै कम्पनीले आफ्ना कर्मचारीमाथि ‘तिमीले जागिर गुमाउनु पर्ला है’ भनेर दबाव सिर्जना गर्ने गर्छन् ।

जागिरबाट बर्खास्त हुने डरले धेरैजसो कामदार क्षमताभन्दा धेरै काम गर्न बाध्य हुन्छन । कतिपय कम्पनीहरु कर्मचारीको काम राम्रो होस भनेर पनि दबाव सिर्जना गर्ने गर्छन ।

अमेरिकन कम्पनी जरल इलेक्ट्रिकलका पूर्व चेयरम्यान ज्याक वेल्श कर्मचारी व्यवस्थापनको सुत्र बताउँछन । उनको सुत्र २०–७०–१० । अर्थात नराम्रो काम गर्ने दश प्रतिशत कर्मचारीलाई जागिरबाट बर्खास्त गर्नुपर्छ । यसले बाँकी कामदारमाथि राम्रो काम गर्नैपर्ने दबाव बनाउँछ । उनका अनुसार कम्पनीले आफनो उत्कृष्ट पर्फमेन्सका लागि यो सुत्र अपनाउने गर्छन ।

यस्तै एउटा अर्को फर्मुला छ ‘अप एण्ड आउट ।’ अर्थात पहिलो चरणमा कमजोर काम गरिरहेका कर्मचारीलाई काममा सुधार गर्ने मौका दिनुहोस । सुधार गर्न सकेनन भने जागिरबाट बर्खास्त गर्नुहोस ।

अमेरीकी व्यवस्थाक विज्ञ विलियम शिमनभने कर्मचारीमाथि दबाव सिर्जना गर्न नहुने बताउँछन । यसरी कर्मचारीमाथि दबबा सिर्जना गर्दा कम्पनी तथा कर्मचारी दुवैलाई नोक्सान हुने शिमनको धारणा छ । उनका अनुसार कम्पनीमा जागिरलाई लिएर अनिश्चितता हुन थालेपछि कर्मचारी दबावमा आउँछ । कर्मचारीमाथि दबाव दिएर उनीहरुबाट राम्रो कामको अपेक्षा गर्न सकिदैन ।

कार्यालयमा तनाव बढेपछि कर्मचारीको काममा प्रभाव पर्छ । कर्मचारीको ध्यान काम भन्दा जागिर जोगाउनेतर्फ धेरै हुन्छ । अन्तमा यसले कम्पनीलाई नै नोक्सान हुन्छ ।

अमेरीकाका कयौँ कम्पनी आफ्ना कामदारलाई जागिरबाट बर्खास्त गर्ने मिती भन्दा एक हप्ता अगाडी नै सूचना जारी गर्छन । युरोपियन देशमा भने तीन महिना अगाडी नै जागिरबाट बर्खास्त गर्ने सूचना जारी गरिन्छ ।

बेल्जीयममा कुनै पनि कम्पनीमा तीन वर्ष भन्दा लामो समयदेखि काम गरिरहेका कामदारलाई बर्खास्त गर्दा तीन महिना अगाडी सूचना जारी गर्नुपर्छ । यही निएमका कारण बेल्जियमका कर्मचारीमा अचानक जागिर गुमाउने तनाव र डरको मात्रा अन्यत्रको भन्दा कम हुन्छ ।
बेल्जियमको ल्यूवेन युनिभर्सीटीका मनोवैज्ञानीक प्रोफेसर टिन वान्डरका अनुसार बेल्जियममा ६ प्रतिशत कर्मचारीमा जागिर गुमाउने चिन्ता हुन्छ । तर, ३१ प्रतिशत कर्मचारी भने आफ्नो कामको भूमिकालाई लिएर चिन्तित हुने गर्छन् ।
यी दुवै प्रकारका चिन्ताले कामदारारको काममा नराम्रो असर पर्ने गर्छ ।

जागिर गुमाउने र प्रमोसन नहुने डरले कर्मचारीहरु सधैँ तनावमा हुने गर्छन । जागिर गुमाउनुपर्दा कर्मचारी आफुलाई असफल ठान्छन । आफ्नो करियर गुमेको महसुस गर्छन ।

विलियम शिमन कार्यालयमा थोरै भएपनि तनाव कायम गर्नुपर्ने बताउँछन । उनका अनुसार थोरै र हलुका तनावले कर्मचारीलाई राम्रो र उत्कृष्ट काम गर्नतर्फ प्रेरिति गर्न सक्छ । अर्थात तनाव प्रेरणादायी हुनुपर्छ ।

जागिरबाट बर्खास्त हुने डरले कर्मचारी राम्रो काम गर्ने प्रयास गर्छन । कतिपय अवस्थामा कार्यालयमा हुने तनावले उनिहरुको काममा सकारात्मक प्रभाव पार्छ । तर कार्यालयमा हुने तनावले सधैँ सकारात्क प्रभाव नै पार्छ भन्ने कुनै आधार छैन ।

कार्यालयमा अत्याधिक तनाव र जागिर गुमाउने डर भएपछि त्यसको असर कर्मचारीको मानसिक स्वास्थयमा पनि पर्ने गर्छ ।
टोरेन्टोका एचआर सल्लाहकार डेभिड क्रिलम्यानका अनुसार अत्याधिक तनावमा काम गर्ने कर्मचारी मानिसक रुपमा अस्वस्त हुने संभावना बढी हुन्छ ।

तनावमा काम गर्ने कर्मचारीले बारम्बार गल्ती दोहोर्याउन सक्छन । तनावको शिकार भएका कर्मचारी अन्य कर्मचारीसंग सहकार्य गर्न पनि असमर्थ हुन्छन ।

वान्डरका अनुसार कार्यालयमा हुने अत्याधिक तनावका कारण कर्मचारीमा डिप्रेशनको समस्या देखिन्छ । केही कर्मचारीले जागिर गुम्ने डरका कारण राम्रो काम गरेपनि यसको मानसिक असर भने नकारात्मक नै हुन्छ ।
कर्मचारीमा जागिर गुम्ने डर सिर्जना गर्नुलाई नराम्रो भन्छन वान्डर । वान्डरका अनुसार तनावमा गरिएको कामको उत्पादन नराम्रो नै हुन्छ ।

तनावमा काम गर्दा कर्मचारीबिच समन्वयको अभाव हुन्छ । समन्वयका अभावमा कर्मचारीबिच नै मनमुटाव सुरु हुन्छ । यसको प्रभाव कर्मचारीको काममा देखिन्छ ।

जागिर गुम्ने तनावमा काम गर्नुभन्दा नयाँ जागिर खोज्नु नै उत्तम विकल्प रहेको विज्ञहरु बताउँछन । जागिरका लागि कम्पनी छान्दा कम्पनीको कर्मचारीप्रतिको व्यवहार जान्ने प्रयास गर्नु पर्छ ।
तर, जागिर गुम्ने डरबाट बच्ने उपाय हालसम्म पत्ता लगाउन नसकिएपनि, तपाईमा जागिर गुम्ने चिन्ता छ भने एकपटक गम्भिर भने हुनै पर्छ ।


क्लिकमान्डु