२ लाख भूकम्प पीडितले लिए तेस्रो किस्ता



काठमाडौँ । भूकम्पपछिको पुनःनिर्र्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ ।

घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका २ लाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या २ लाख ३४ हजार ९४२ पुगिसकेको छ ।

उनीहरू निजी आवास अनुदानको तेस्रो किस्तावापतको १ लाख रुपैयाँ लिनका लागि योग्य भइसकेका छन् ।

यस्तैगरी, तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या २ लाख ४६ हजार २८८ पुगेको छ ।

जिल्लागतरूपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५८२ ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४४४, गोरखाका २९ हजार ८८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।

तेस्रो किस्ता लिने लाभग्राहीको संख्यासँगै निर्माण सम्पन्न भएका घरको संख्यामा बढोत्तरी भइरहेको छ । ५ लाख नौ हजार ४१८ घर पुनःनिर्माणको चरणमा छन् जसमध्ये २ लाख ३९ हजार ९८को निर्माण सम्पन्न भइसकेको छ । दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्साहजनक ढंगले वृद्धि भएको छ ।

पछिल्लो तथ्यांकअनुसार ४ लाख ४९ हजार ३३८ जना लाभग्राहीले दोस्रो किस्ता लिइसकेका छन् । भूकम्प प्रतिरोधी मापदण्डअनुसार डिपिसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् ।

पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएकासमेत गरी कूल लाभग्राहीको संख्या ८ लाख सात हजार ४८६ पुगेको छ जसमध्ये ७ लाख २१ हजार ७३६ सँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।


पुष्प दुलाल