मेगा बैंकले ३६५ दिन नै सेवा दिने, सेवा समयपनि बढायो



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो । काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवम् सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु