नेपालीले क्रिम, पाउडर र लिपिस्टक लगाउनै सक्छन् ३ अर्ब




काठमाडौं । अरुभन्दा राम्रो देखिने रहर सबैलाई हुन्छ । महिला र पुरुष राम्रो देखिनका लागि विभिन्न श्रृंगारका सामाग्री प्रयोग गर्छन् ।

विशेष गरी महिलाहरुले श्रृंगारका सामाग्री लाएर सुन्दर बनेर हिड्न रुचाउँछन् । राम्रो देखिनका लागि प्रयोग भएका वस्तुहरु विदेशबाट आउने गर्छन् । चालु आर्थिक वर्षको ११ महिनामा मात्र यस्ता वस्तुको आयातमा ३ अर्ब २९ करोड रुपैयाँ विदेशिएको छ । जसमा मुख्य रुपमा श्रृंगारका केही वस्तु मात्र समेटिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा ४० वटा भन्दा बढी देशहरुबाट विभिन्न प्रकारको मेकअपका कस्मेटिक सामानहरु आयात हुने गरेका छन् ।

नेपालले आर्थिक वर्ष २०७४÷७५ मा अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चाइना, डेनमार्क, इक्वेडर, इजिप्ट, एस्टोनिया, फ्रान्स, जर्मन, ग्रीस, हङकङ, इन्डोनेशिया, इजरायल, इटाली, भारत, जापान, कोरिया, मलेसिया, लेबनन, न्यूजिल्याण्ड, नेदरल्याण्ड, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, साउदी अरब, सिंगापुर स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, थाइल्याण्ड, टर्की, दुबई, यूके, अमेरिका र भियतनाम लगायतका देशहरुबाट मेकअपका सामानहरु आयात गरेको छ ।

नेपालले सबैभन्दा धेरै भारतबाट नै कस्मेटिक सामाग्रीहरु आयात गर्ने गरेको छ । यो आर्थिक वर्षको ११ महिनामा २ अर्ब ४ करोड ९९ लाख रुपैयाँ बढीको मेकअपका सामाग्रीहरु आयात गरेको छ । नेपालले सो अवधिमा ३ करोड ८६ लाख पिस बढी मेकअपका सामाग्रीहरु आयात गरेको हो ।

दोस्रोमा चाइनाबाट ५४ लाख ९३ हजार पिस बढी कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । चाइनाबाट ९ करोड ३२ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री आयात भएको हो ।

यस्तै, तेस्रोमा थाइल्याण्डबाट १४ लाख ७२ हजार पिस कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । नेपालले यो आर्थिक वर्षको ११ महिनामा थाइल्याण्डबाट २१ करोड ६४ लाख रुपैयाँ बढीको मेकअपका सामाग्री भित्राएको छ ।

नेपालले यो आर्थिक वर्षको ११ महिनामा अमेरिकाबाट २ करोड ८१ लाख रुपैयाँ बढीको कस्मेटिक सामानहरु अमेरिका आयात गरेको छ । नेपालले १ लाख ४३ हजार पिस कस्मेटिक सामानहरु नेपाल भित्राएको हो ।

भियतनामबाट नेपालले यो आर्थिक वर्षको ११ महिनामा १ करोड ४९ लाख रुपैयाँको कस्मेटिक सामानहरु आयात गरेको छ । नेपालले १ लाख २५ हजार पिस कस्मेटिक सामाग्रीहरु आयात गरेको हो ।

यस्तै, यो आर्थिक वर्षको ११ महिनामा अष्ट्रेलियाबाट ५९ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । नेपालले २३ हजार पिस कस्मेटिक सामाग्री आयात गरेको हो ।

फ्रान्सबाट १ करोड १७ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री आयात गरेको छ । २२ हजार बढी कस्मेटिक सामाग्रीहरु भित्राएको हो ।

जर्मनीबाट नेपालले ४ करोड १० लाख रुपैयाँ बराबरको कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । नेपालले ४ लाख २६ हजार पिस कस्मेटिक सामाग्रीहरु आयात गरेको हो ।

इण्डोनेशियाबाट यो आर्थिक वर्षको ११ महिनामा नेपालले ५ करोड ६१ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री आयात गरेको छ । नेपालले ९ लाख ९६ हजार पिस बढी कस्मेटिक सामाग्री आयात गरेको हो ।

यस्तै, यो आर्थिक वर्षको ११ महिनामा कोरियाबाट नेपालले १ करोड १० लाख रुपैयाँ बढीको कस्मेटिक सामानहरु आयात गरेको छ । नेपालले कोरियाबाट ५० हजार पिस बढी कस्मेटिक सामानहरु आयात गरेको हो ।

इटलीबाट यो आर्थिक वर्षमा ९९ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री नेपाल आयात भएको छ । नेपालले ३६ हजार पिस बढी कस्मेटिक सामाग्री आयात गरेको हो ।

पोल्याण्डबाट नेपालले यो आर्थिक वर्षको ११ महिनामा १ करोड १९ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री आयात गरेको छ । नेपालले १ लाख पिस बढी कस्मेटिक सामाग्री आयात गरेको हो ।

नेपालले साउदी अरबबाट २५ लाख रुपैयाँ बराबरको कस्मेटिक सामाग्री आयात गरेको छ । ४४ हजार पिस कस्मेटिक सामाग्री आयात गरेको हो ।

साउथ अफ्रिकाबाट नेपालमा यो आर्थिक वर्षमा १ करोड ४३ लाख रुपैयाँ बढीका कस्मेटिक सामाग्रीहरु आयात भएको छ । ३ लाख ८२ हजार पिस कस्मेटिक सामाग्री नेपालले भित्राएको हो ।

यो आर्थिक वर्षको ११ महिनामा ताइवानबाट नेपालले ४२ लाख रुपैयाँको कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । नेपालले सो अवधिमा ३ लाख ९४ हजार पिस कस्मेटिक सामाग्री आयात गरेको हो ।

यता, दुबाईबाट नेपालले ९३ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री आयात गरेको छ । नेपालले सो अवधिमा ३ लाख ४१ हजार पिस कस्मेटिक सामाग्री भित्राएको छ ।

यूकेबाट ४९ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । ९९ हजार पिस बढी कस्मेटिक सामाग्री भित्राएको हो ।

यस्तै, स्पेनबाट ६१ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । नेपालले १५ हजार पिस बढी कस्मेटिक सामाग्रीहरु भित्राएको हो ।

टर्कीबाट ५२ लाख रुपैयाँ बढीको कस्मेटिक सामाग्री आयात गरेको छ । ३५ हजार पिस बढी मेकअपका कस्मेटिक सामानहरु नेपाल आयात भएको छ ।

यसैगरी, पाकिस्तानबाट ३३ लाख रुपैयाँ बढीको कस्मेटिक सामान नेपाल भित्रिएको छ । २० हजार पिस बढी कस्मेटिक सामाग्रीहरु पाकिस्तानबाट आयात गरिएको हो ।

यस्तै, जापानबाट नेपालले यो आर्थिक वर्षमा १ लाख ६३ हजार रुपैयाँको कस्मेटिक सामाग्रीहरु आयात गरेको छ । जापानबाट नेपालले ९ सय ४० वटा कस्मेटिक सामान आयात गरेको हो ।

नेपालले यो आर्थिक वर्षको ११ महिनामा हङकङबाट १ लाख ११ हजार रुपैयाँको कस्मेटिक सामाग्री आयात गरेको छ । यो अवधिमा नेपालले २ सय ९८ पिस कस्मेटिक सामाग्री आयात गरेको हो ।

स्लोभाकियाबाट नेपालले आर्थिक वर्षको ११ महिनामा ४ हजार रुपैयाँको कस्मेटिक सामाग्री आयात गरेको छ । स्लोभाकियाबाट नेपालले १२ वटा कस्मेटिक सामाग्री आयात गरेको हो ।

यस्तै, नेपालले सबैभन्दा थोरै कस्मेटिक सामाग्री सिंगापुरबाट भित्राउने गरेको छ । यो आर्थिक वर्षको ११ महिनामा ११ हजार रुपैयाँको कस्मेटिक सामाग्री आयात गरेको देखिन्छ । नेपालले यो अवधिमा ३ वटा कस्मेटिक सामाग्री मात्र आयात गरेको हो ।

यस्तै, नेपालले इजरायलबाट ३ हजार रुपैयाँको कस्मेटिक सामाग्री आयात गरेको छ । यो आर्थिक वर्षको ११ महिनामा नेपालले एउटा मात्र कस्मेटिक सामाग्री भित्राएको हो ।

ग्रीसबाट नेपालले यो आर्थिक वर्षमा ५ हजार रुपैयाँको कस्मेटिक सामाग्री आयात भएको छ । नेपालले सो अवधिमा ८ पिस कस्मेटिक सामाग्री आयात गरेको हो ।


क्लिकमान्डु