डा केसीको माग हुबहु सम्बोधन हुँदैन : गुरुङ



नगरकोट । नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाउनुभएका माग हुबहु सम्बोधन नहुने बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता पनि मागबारे केसीले भन्नुभएजस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताए ।

चिकित्सा विधेयकका बारे जुम्लामा अनशनरत डा केसीको स्वास्थ्योपचार सरकारले काठमाडौँ ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको गुरुङको भनाइ थियो ।
रासस


क्लिकमान्डु