असार ३२ गते यस्तो बजेट ल्याउँदैछन् ललितपुरका मेयर चिरिबाबुले



ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

ललितपुर महानगरले असार ३२ गते बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । महानगरले प्रस्ताव गरेको बजेटमाथि अहिले नगर कार्यपालिकामा छलफल भइरहेको छ ।

महानगरले आफ्नो कुल बजेटको ५२ प्रतिशत रकम पूँजीगत खर्चका लागि छुट्याएको छ ।

महानगरले २ अर्ब ४० करोड ८ लाख ३७ हजार रुपैयाँ पूँजीगत खर्च विनियोजन प्रस्ताव गरेको छ ।

महानगरले आन्तरिक श्रोतबट १ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ आम्दानी गर्ने प्रस्ताव गरेको छ । बाँकी रकम भने महानगरले अनुदान तथा अन्य क्षेत्रबाट जुटाईन प्रस्ताव गरेको छ ।

महानगरले सामाजिक सुरक्षा भत्ताका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले वैदेशिक अनुदानको कार्यक्रमका लागि ८२ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

देशभर रहेका अन्य ५ महानर तथा स्थानीय निकायले असार १० गते नै बजेट सार्वजनिक गरिसकेका छन् ।

 


पुष्प दुलाल