मेस्सी र रोनाल्डो बाहिरिएपछि नाईक र एडिडास मारमा, कति खर्च गर्छन् कम्पनी ?



काठमाण्डौ । अर्जेन्टिना र पोर्चुगल जारी फिफा विश्वकपबाट बाहिरिएपछि विश्वभरका मेस्सी र रोनाल्डोका समर्थक निराश बनेका छन् । मेस्सी र रोनाल्डोका समर्थक बाहेक केही कम्पनीपनि मेस्सी र रोनाल्डो बाहिरिएपछि दुःखी बनेका छन् ।

यी दुई खेलाडी वर्तमान फुटबलमा धेरै रुचाईएका खेलाडी मात्रै होइनन् । यी खेलाडी धेरै पैसा कमाउने खेलाडीपनि हुन् । मेस्सी र रोनाल्डोको आम्दानीको धेरै हिस्सा स्पोन्सरशिपबाट आउने गर्छ ।

फुटबल दुनियाँमा एडिडास र नाईक जस्ता कम्पनी स्पोन्सरशिपका लागि निकै प्रख्यात मानिन्छन् । फिफा विश्वकप जस्ता ठूला फुटबल प्रतियोगिता यस्ता कम्पनीका लागि आफ्नो आम्दानी बढाउने ठूलो माध्यम हुन् । यी कम्पनीहरु यस्तो सुनौलो मौका गुमाउन चाहादैनन् ।

एडिडासले मेस्सी र अर्जेन्टिनाको टोलीलाई स्पोन्सरशिप गर्दै आएको छ । नाईक कम्पनीले रोनाल्डो र पोर्चुगलको टोलीलाई स्पोन्सरशिप गर्दै आएको छ । स्पोन्सर गर्ने कम्पनीको लोगो खेलाडीको टिर्सटमा राखिएको हुन्छ ।

आफुले स्पोन्सरशिप गरेको टीमको जीत अथवा हारले कम्पनीको व्यापारमा ठूलो प्रभाव पार्ने गर्छ । सन् २०१४ मा भएको विश्वकपमा एडिडासले २७ अर्ब रुपैयाँ भन्दा धेरैको टिर्सट मात्रै बिक्री गरेको थियो । यही विश्वकपका दौरान नाईकले पनि आफ्नो आम्दानीमा २३ प्रतिशतले बृद्धी भएको बताएको थियो ।

ब्राजिलमा भएको विश्वकपमा एडिडास र नाईक कम्पनीबीच स्पोन्सरशिपको विषयलाई निकै प्रतिस्पर्धा भएको थियो । ब्राजिल विश्वपमा सहभागी भएका ३२ टोलीमा १२ टोलीलाई नाईकले र १० वटा टोलीलाई एडिडासले स्पोन्सरशिप गरेको थियो ।

तर, सन् २०१४ को विश्वकपमा जर्मनको एउटा कम्पनीले सबैभन्दा धेरै फाईदा उठाएको थियो । यो कम्पनी २०१४ को फिफा विश्वकपको अफिसियल स्पोन्सर थियो ।

सन् २०१४ मा एडिडासले स्पोन्सर गरेका जर्मनी र एडिडासले फाईनल खेल खेलेका थिए । सन् १९९८ पछि पहिलोपटक एडिडासले स्पोन्सर गरेको टोलीले विश्वकप जितेको यो पहिलोपटक थियो ।

यता, नाईकले स्पोन्सर गरेको टोली ब्राजिलले सन् २००२ मा अन्तिम पकट विश्वकप जितेको थियो ।

यो वर्षको विश्वकपमा एडिडासले स्पोन्सरशिपको प्रतिस्पर्धामा नाईकलाई पछाडि पारेको छ । यो वर्ष एडिडासले १२ र नाईकले १० वटा टोलीलाई स्पोन्सर गरेका छन् ।

एक अध्ययनका अनुसार यो वर्षको विश्वकपमा उत्कृष्ट २ सय खेलाडी मध्ये १ सय ३२ जनाले नाइक कम्पनीका जुत्ता प्रयोग गरेका छन् भने ५९ जना खेलाडीले भने एडिडासका जुत्ता लगाएका छन्

कति खर्च गर्छन् कम्पनी ?

नाईकले फ्रान्सको फुटबल फेडरेशनसँग सन् २०२६ सम्मको लागि करिब ३ सय ४३ करोड भन्दा धेरै रकममा सम्झौता गरेको छ । नाईकले इंगल्याड र ब्राजिलसंग पनि यस्तै सम्झौता गरेको छ ।

जर्मन टीमलाई एडिडासले हरेक वर्ष स्पोन्सरशिपको रुपमा ३९७ करोड भन्दा धेरै रकम दिने गर्छ । स्पेनलाई ३ सय २२ करोड र अर्जेन्टिनालाई ७५ करोड रकम एडिडासले दिने गर्छ ।

जर्मन पहिलो चरणमा नै बाहिरिनुले यो वर्ष एडिडासलाई ठूलो घाटा हुने अनुमान गरिएको छ । सन् २००२ मा कम्पनीले करिब ५९ करोड टिर्सट बिक्री गरेको थियो ।

सन् २०१४ मा ९७ करोड बिक्री गरेको थियो । एक टिर्सटको मूल्य ७ देखि ८ हजार रुपैयाँ पर्न जान्छ । यो वर्ष मेसी, रोनाल्डो र पूर्व विश्व विजेता टोली जर्मन बाहिरियपछि कराडौँ रकम खर्च गरेर स्पोन्सरशिप गरेका यी कम्पनी मारमा पर्ने देखिएको छ । (एजेन्सीहरुको सहयोगमा)


पुष्प दुलाल