धनकुटा हिले बजारमा खुल्यो प्रुडेन्सियल इन्स्योरेन्स नयाँ शाखा



काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. ले आफ्नो धनकुटाको हिले बजारमा नयाँ शाखा खोलेको छ । उक्त कम्पनीको यो ४३ औं शाखा हो ।

नयाँ शाखाको उद्घाटन यही असार १७ गते कम्पनीका सहायक महाप्रवन्धक उज्वल ढुङ्गानाले गरेका हुन् ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपाल भर रहेका(यो सहित) ४३ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बालीतथापशु बीमालघु बीमा तथा इन्जिनीयरिङ्ग बीमाको सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले हालसम्म १३० करोड बीमा शुल्क संकलन गरिसकेको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।


क्लिकमाण्डू