ट्रम्पको प्रस्तावमा साउदी राजा तेल उत्पादन बढाउन किन भए सहमत ?



वासिङ्टन । साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् ।

तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो ।

तेल निर्यातकर्ता मुलुकहरूको संगठन ओपेकको तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

“अमेरिकी राष्ट्रपति ट्रम्पले भने– भखैरै मैले साउदी राजा सलमानसँग कुरा गरेको छु । इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु ।

सम्भवत साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ, उनी सहमत भएका छन् ।” रासस\एएफपी


क्लिकमान्डु