कोरियन भाषा परीक्षामा कतिजना पास भए, आयो नतिजा ?



काठमाडौं । गत जेठ  २६ र २७ गते सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ ।

परीक्षाको नतिजा अनुसार कूल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएकोमा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नतिजा अनुसार कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।


क्लिकमान्डु